" डर सबैलाई लाग्छ तर सफल त्यहि व्यक्ति हुन्छ जाे डरकाे बावजुद अगाडि बढ्दछ ।", "A Teacher who is attempting to teach without inspiring the pupil with a desire to learn is hammering on cold iron". -Horace Mann

Best way to transform your classroom

Are you struggling with classroom management and looking for new ideas in your lesson planning? Do you want to grow into being a teacher with tools and energy to motivate your students into developing a sustainability mindset? You are not alone! Teachers all over the world share the same challenges, struggles and dreams.

Here are EduGems Finland’s 7 steps towards transforming your classroom and teaching:

  • Step 1. Accept that you are ready for a change! You might be bored with the same old routines and techniques you have been using for years, and lack motivation. Now it’s time to become a better teacher and appreciate your profession.

  • Step 2. Look into yourself and start with personal development before you take on professional development. Show your students that you also can grow as a teacher. Learn ways to gain confidence.

  • Step 3. Turn your limitations into benefits. As with students also teachers have their unique sets of superpowers! Learn how to use them.

  • Step 4. Are you and your students equipped with the right tools and knowledge needed in today’s world? What are the 21st century skills and Education for Sustainable Development (ESD)? How can you teach these subjects?

  • Step 5. Start with small changes, test, adapt and try again! Encourage and guide your school and colleagues towards new learning methods!

  • Step 6. You are not alone in the classroom! Actively involving students in planning can make a big difference. Discover ways to shift your students’ thinking and attitude and increase their participation.

  • Step 7. Uncertain how to make a change? Learn from other teachers with years of experience from the best education system in the world, Finland, and get their best tips on classroom management and lesson planning.

For more Information Chick here EduGems Finland’s 7 steps towards transforming your classroom and teaching.

For EduGems Finland's Free course : Get Access for free

IT-TOT धुलिखेलकाे सम्झना

IT-TOT धुलिखेलकाे सम्झना

कृति सर्जक : पुष्कर सिंह धामी
मालिकार्जुन गाउँपालीका वार्ड नं. २, दार्चुला
हाल : श्री सेकेण्डरी स्कुल भङ्गेरी रामेछाप ८



रामेछाप दोलखा भेट भयो हाम्रो
भक्तपुर रसुवाका साथी धेरै राम्रो ।।

शिक्षा तालिम केन्द्र धुलिखेल आयौं
सुचना प्रबिधिको ज्ञान धेरै पायौं ।।

सिकेको ज्ञान सहितरिकाले प्रयोग गर्नुपर्छ
IT को प्रयोग गरि शिक्षण पेसा भर्नुपर्छ ।।

मास्टर स्लाइड देखि स्मार्ट आर्ट बनाउनु
बिद्यालयमा भाइबहिनीको उपस्थिती जनाउनु ।।

ग्रुपमा साथिहरुलाई मेल इमेल गर्नुपर्छ
आफुले सिकेका कुरा पालिकाभरि छर्नुपर्छ ।।

पाइचार्ट देखि हाइपर लिङ्सम्म धेरै पायौं ज्ञान
डिजिटल पेडागोजिमा खुबै दिनु ध्यान ।।

सञ्चारको यो दुनियामा एन्सर गार्डन पनि
क्लासपोइन्ट डट आइओ देखि ह्वाइट बोर्ड भो अनि ।।

कोगल डट इट देखि क्लास पोइन्ट एप भयो
यती कुरा गर्नसके भविष्य सेभ भयो ।।

IT तालिममा बसियो काभ्रेको धुलिखेल
बिज्ञानको चमत्कार संसार भरी संजालको भेल ।।

मरिलानु के छर सबैको रहिरहोस याद
श्रदेय गुरुहरुलाई विशेष धन्यवाद ।।

Share

Mathematics Solution

बेलनाको अर्धव्यास र अर्धगोलाको अर्धव्यास बराबर भएको एउटा ठोस बस्तु छ, जसको पूरा आयतन 2707 घन से.मि. छ । यदि वेलनाको मात्र उचाइ 80 से.मि. भए उक्त्त ठोस वस्तुको पूरा सतहको क्षेत्रफल पत्तालगाउनुहोस् ।
A solide is made by hemisphare and cylinder having equal radii. The volume of the solide is 2707 $cm^3$. If the height of the cylinder is 80 cm, find the total surface area of the solide.
1) बेलनाको अर्धव्यास र अर्धगोलाको अर्धव्यास बराबर भएको एउटा ठोस बस्तु छ, जसको पूरा आयतन 2707 घन से.मि. छ । यदि वेलनाको मात्र उचाइ 80 से.मि. भए उक्त्त ठोस वस्तुको पूरा सतहको क्षेत्रफल पत्तालगाउनुहोस् ।
A solide is made by hemisphare and cylinder having equal radii. The volume of the solide is 2707 $cm^3$. If the height of the cylinder is 80 cm, find the total surface area of the solide.

Solution :
The volume of the solide (V) = 2707 $cm^3$
the height of the cylinder (h) = 80 cm
Total surface area (TSA) = ?
By the formula,
$V=\pi r^2h + \frac{2}{3} \pi r^3 \\ or, 2707 = \frac{22}{7} \times r^2 \times 80 + \frac{2}{3} \times \frac{22}{7} \times r^3 \\ or, 2707 = \frac{22}{7} (80r^2 + \frac{2r^3}{3}) \\ or, 2707 \times \frac{7}{22} = (80r^2 + \frac{2r^3}{3}) \\ or, \frac{18949}{22} = \frac{240r^2 + 2r^3}{3} \\ or, 56847 = 5280r^2 + 44r^3 \\ or, 44r^3 + 5280r^2 - 56847 = 0 \\$
Using advance calculator,
On solving the equation, we get only one posite value of r, i.e. r = 3.23.
Now,
The total surface area of the solide (TSA) = TSA of hemisphare + CSA of cylinder
$ = 3\pi r^2 + 2 \pi rh \\ = 3 \times \frac{22}{7} \times (3.23)^2 + 2 \times \frac{22}{7} \times 3.23 \times 80 \\ = \frac{688.5714}{7} + \frac{11,369.6}{7} \\ = 98.367 + 1,624.228 \\ = 1,722.595 cm^2 \\$

Motivational story of Math

Motivational story of Math (अङ्कहरुको कथा)

एक दिनको कुरा हो । ० देखि ९ सम्मका अङ्कहरु एउटा चउरमा बसिरहेका थिए । ९ ले ८ लाई कस्सेर गालामा एक झाप्पड हान्यो । बिचरा, ८ ले दिउँसै आकाशमा तारा देख्यो, रन्थनिएर भुँइमा ढल्यो । केही बेरमा उठ्यो र डरले काँपेको स्वोरमा भन्यो, "होइन मलाई किन हिर्काएको, मैले के गल्ती गरेको छु र ?" नौले थर्काउँदै भन्यो, "अझ बोल्छस तँ सानो अङ्क भएर ठुलासङ्ग ।, उता जा फुच्चे ।"

यसबाट ८ ले, सानालाई हेप्नुपर्छ भनेर बुझेछ क्यार । उस्ले पनि जन्मदेखिको बल निकालेर ७ लाई एक झापट लगाइ हाल्यो । सातले पनि तोरिको फुल देख्यो । डराउँदै सोध्यो, "मैले के गरें ?" ८ को जवाफ पनि ९ को जस्तै थियो, तँ सानो छस ।

एवम रितले सातले छलाई, छले पाँचलाई, पाँचले चारलाई, चारले तिनलाई, तिनले दुइलाई, दुइले एकलाई थर्काउँदै झापड लाउन थाल्यो । बिचरा एक त सबैभन्दा सानो । उसले कसलाई झापट हान्योस । रिसले चुरचुर भयो । चारैतिर हेर्यो । उसले आफू भन्दा सानो जिरोलाई देख्यो । केहिछिन त रिसले रातो पिरो भयो । तर एकैछिनमा कुल भयो । एक एक्दमै बुजाकी थियो । उ बुद्धज्ञानि थियो । उसले जिरोलाई अरुले जस्तो कुटेन हेपेन, माया गर्यो । मायालु ति हातहरुले समात्यो र आफ्नो नजिकै राख्यो ।


त्यहाँ अचम्म भयो । ठूलो परिबर्तन भयो । १ र ० मिलेर त १० भयो । अरुभन्दा ठूलो अङ्क भयो । अगिसम्म म ठूलो भनेर घमण्ड गर्ने नौ अब सानो भयो । उसले आफुले आफैंलाई धिकार्यो र गल्ती गरेकोमा माफ माग्यो । सबैले सबैसँग माफ माग्यो र एकले अर्कालाई साथ दिएमा ठुला ठुला अङ्क तथा सङ्ख्या बन्ने कुरा महसुस गर्यो ।

यो कथा कथामात्रै होइन सफलताको यात्रा सुरु गर्ने महत्वोपुर्ण सुत्र हो । हामिले देखेकाछौं, सुनेकाछौं र भोकेकाछौं । सानोलाई हेप्ने । कम्जोरलाई दबाउने । ड्राइभरले खलासिलाई हेप्छ तर त्यै खलासिको इसारामा ड्राइभिङ गरिरहेको कुरा बिर्सन्छ । हाकिमले सुइपरलाई हेप्छ । त्यै सुइपर भएन भने धुलो र मैलो अफिसमा दिन काट्नुपरेको तितो सत्य बिर्सन्छ । खोज्दै गयौं भने यस्ता धेरै उदाहरण पाउँन सकिन्छ । तर यस लेखको उद्देश्य उदाहरण खोज्नु होइन । सफलताको सुत्र खोज्नु हो । महान बन्ने यात्रा थालनी गर्नु हो । कसैले कसैलाई सानो वा कम्जोर सोचेर हेप्नु हुन्न । थाहा छ, "पेच किलाको काम बन्चरोले कदापि गर्नसक्दैन ।" सबै आआफ्नो ठाउँमा महान छन् । सबैले सबैलाई सम्मान गर्न सक्नुपर्दछ । सबैको सोच एक अङ्कको जस्तै माहान र सकारात्मक होस् ।


यो लेख कस्ताे लाग्याे तल comment box मा लेख्नुहाेस् । साथै आफ्ना साथी भाइ आफन्तहरुमा share गर्नुहोस् ।

Share

ल्यापटपको सुरक्षा गर्ने महत्वपूर्ण टिप्सहरु ।

2/4 मिनेट समयलगाएर पूरा पढ्नुहोस ।

हामी सबैलाई ल्यापटप चलाउन आउँछ, त्यसलाई जोगाउनुपर्छ भन्ने पनि थाहाछ तर कहिलेकाँही सानोतिनो कुराको ख्याल नगर्दा ल्यापटपको सफ्टवेयरहरु क्र्यास हुनसक्छ, हार्ड्वेयर बिग्रनसक्छ त्यसैले निम्नकुराहरुको ख्याल गरौं र आफ्नो ल्यापटपलाई सधैं सुरक्षित र अप्टुडेट राखौं :


  1. ल्यापटपलाई उचाल्दा स्क्रिनमा समातेर न उचाल्नुहोस । किबोर्ड रहेको भागमा दुबैहातले हल्का च्यापेर उचाल्ने गर्नुहोस ।
  2. फोल्डिङ खोल्दा र बन्द गर्दा बिस्तारै गर्नुहोस हतारमा नगर्नुहोस । फोल्डिङ खोल्दा धेरै पछाडी सम्म नलैजानुहोस ।
  3. ल्यापटप खोल्दा power on button प्रेस गरेपछी ल्यापटप पूर्णतः अन भएर डेस्कटपमा रहेका सम्पुर्ण आइकन नदेखिएसम्म किबोर्डको कुनै पनि button थिच्ने चलाउने नगर्नुहोस अन्यथा मास्टरबुटसेक्टरमा असर पर्नगै OS क्र्याक हुन जान्छ ।
  4. ल्यापटप अफ गर्दा power button बाट कहिल्यै अफ नगर्नुहोस साथै ल्यापटप सटडाउन नगरी स्क्रिन फोल्डरलाई बन्द नगर्नुहोस् ।
  5. ल्यापटप सटडाउन गरिसकेपछी पनि power button मा बत्ती ननिभेसम्म ल्यापटपको स्कृन फोल्ड नगर्नुहोस। बत्ती अफ भएपछी मात्र फोल्ड्गर्नुहोस् ।
  6. ल्यापटपको ब्याट्री 20% देखि 100% भित्र राख्नुहोस । ओभर चार्ज पनि नगर्नुहोस ब्याट्री लो पनि नराख्नुहोस् ।
  7. ल्यापटपको वरिपरि पानी भरिएको भाडो (जस्तै: गिलास आदि) नराख्नुहोस । सकेसम्म चिया, पानी पिउँदै, खाना खाँदै ल्यापटप नचलाउनुहोस ।
  8. ल्यापटप माथी गरौ बस्तु (केही पनि) कहिल्यै नराख्नुहोस् ।
  9. ल्यापटप राख्दा बेट, चियर, जस्तो मानिस सजिलै बस्न मिल्ने ठाउँमा नराख्नुहोस । माथिबाट सामान झर्नसक्ने सम्भाबित ठाउहरुमा पनि नराख्नुहोस । ब्यागमा हालेर टेवल वा दराज भित्र सुरक्षित राख्नुहोस् ।
  10. ल्यापटप चलाउँदा बेटमा, सिरानि, सिरकमाथी राखेर नचलाउनुहोस् । अर्थात जहाँ राखेर ल्यापटप चलाउदा बडि हिट हुन्छ त्यस्तो ठाउँमा राखेर नचलाउनुहोस् ।
  11. ल्यापटप चलाँदा त्यसले दिने निर्देशनहरुलाई राम्ररी पढेर मात्र रेस्पोन्स गर्नुहोस्। जस्तै : install, uninstall, copy, delete, move, restore, crack, etc. के गर्दैहुनुहुन्छ त्यही बुझेर गर्नुहोस । अन्यथा महत्त्वपूर्ण फाइल delete हुनसक्छ । एउटै फाइल धेरै copy भै स्टोरेज छिटै फुल हुनसक्छ । आवस्यक सफ्टवेयर अन इन्स्टल हुनसक्छ ।
  12. चलाउँदा आफुले जानेको प्रोग्राम मात्र चलाउनुहोस् । जानेको छैन यहाँ क्लिक गरेर हेर्छु भयो भने भैहाल्यो नभए केहिछैन भन्ने सोचेर क्लिक नगर्नुहोस् । नजानेको कुरा अरुलाई सोध्ने बानी बसाल्नुहोस् ।
  13. ल्यापटपमा ईन्टरनेट चलाउनुहुन्छ भने सकेसम्म antivirus राखेर चलाउनुहोस तर वेबसाईटमा बिज्ञापन दिने जुन्सुकै antivirus इन्स्टल नगर्नुहोस् ।
  14. वेबसाईटहरु चलाउँदा अफुले चिनेको जानेको वा थाहा भएको वेबसाईट र पेज मात्र चलाउनुहोस् । जुन पायो त्यै साइडहरु नचलाउनुहोस् ।
  15. वेबपेजमा आउने बिज्ञापन जस्तै : तपाइले यो सफ्टवेयर इन्स्टल गर्नुभयो भने तपाइको ल्यापटप पहिला भन्दा फास्ट चल्छ भन्ने जस्ता कुराहरुलाई नबुझी इन्स्टल नगर्नुहोस् । यो उदाहरण मात्रै हो यस्ता आश्वासन धेरै दिन्छ । आश्वासनमा नफस्नुहोस् ।
  16. Gmail चलाउँदा आफुले चिनेको मान्छेले पठाएको mail मात्र खोल्नुहोस । नचिनेको मान्छेले पठाएको mail नखोली delete गर्नुहोस । त्यस्ता mail हरुमा virus हरु पठाएको हुन्छ ।
  17. आफ्नो ल्यापटप जो कोहिलाई चलाउन नदिनुहोस् । जोकोहिको पेनड्राइप आफ्नो ल्यापटपमा न जोड्नुहोस् ।
  18. म तपाइको ल्यापटप फास्ट बनाइदिन्छु भनेर नचिनेको वा त्यस्तै फटाहा जस्तो मान्छेलाइ चलाउन नदिनुहोस् ।
  19. ल्यापटपमा धेरै समय फिल्म हेर्ने, ग्यम खेल्ने नगर्नुहोस् ।
  20. यदि ल्यापटपमा वाएरबाट नेट चलाउदै हुनुहुन्छ भने नचलाउने बेलामा तार छुटाएर राख्नुहोस ।
  21. Laptop ओसिलो ठाउँमा वा पानीले भिजेको सतह माथि नराख्नुहोस्। कुनै पनि हालतमा पानीले ल्यापटप भिजाउनु हुँदैन। जहिले पनि ओभानो ठाउँमा राख्नुपर्छ।

😃✔👍 यो लेख कस्ताे लाग्याे तल comment box मा लेख्नुहाेस् । साथै आफ्ना साथी भाइ आफन्तहरुमा share गर्नुहोस् ।

Share

Local Election Result 2079

रसुवा जिल्लाकाे स्थानीय तहका ५ वटै पालिकाका अध्यक्ष तथा उपाध्याक्षहरुले प्राप्त गर्नुभएका मत परिणाम
१. कालिका गाउँपालिका
१.१. अध्यक्ष
१.२. उपाध्यक्ष
२. उत्तरगया गाउँपालिका
२.१. अध्यक्ष
२.२. उपाध्यक्ष
३. नाैकुण्ड गाउँपालिका
३.१. अध्यक्ष
३.२. उपाध्यक्ष
४. गाेसाइकुण्ड गाउँपालिका
४.१. अध्यक्ष
४.२. उपाध्यक्ष
५. आमाछाेदिङ्माे गाउँपालिका
५.१. अध्यक्ष
५.२. उपाध्यक्ष

कार्यसम्पादन मूल्याङ्कन फारम २०७८ सम्बन्धमा

शैक्षिकसत्र २०७८ को कार्यसम्पादन मूल्याङ्कन फाराम भर्ने सम्न्धी सूचना शिक्षक सेवा आयोगले प्रकाशन गरेकाे छ । सामुदायिक विद्यालयका शिक्षकहरुले शैक्षिक सत्र २०७८ सालकाे कार्यसम्पादन मूल्याङ्कन फारम भर्ने, दर्ता गर्ने कार्य मिति २०७९ साल जेठ ३० गते भित्र गर्नुपर्ने भएकाे छ ।
विष्तृत जानकारीका लागि यहाँ click गर्नुहाेस् ।

Teaching License Form

माध्यमिक तहको अध्यापन अनुमतिपत्रको फाराम अनलाइनबाट भर्नका लागि यहाँ Click गर्नुहोस् ।

माध्यमिक तहमा अध्यापन गराउनका लागि अध्यापनअनुमतिपत्रको विज्ञापन खुल्ला

आज मिति २०७८ साल चैत्र ३० गते शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुल्ला गरेको छ ।
विस्तृत जानकारीका लागि यहाँ click गर्नुहोस् ।
माध्यमिक तह अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको पाठ्याक्रम >>>>