दशैंकाे सन्देश!
घाम र पानी नभनी आमा, घरधन्दा छाेडेर ।
आउनु भाे बाबा दुःखकाे साथ, खुशीलाई बाेकेर ।।
वर्ष र दिनकाे याे ठूलाे चाड, मनाउन तंसिदै ।
जेठा र कान्छा फर्किए आमा उ हेर्नु लम्किदै ।।
दिदि र बहिनी माइत जाउँ भनि चिटिक्क पर्दैछिन् ।
भान्जा र भान्जी मामाघर गन्दै खासखुस गर्दैछिन् ।।
पाेहाेर साल मैले केहि लाउँन पाईन, श्रीमति भन्दैछिन् ।
लेदरकाे जुत्ता छाेरालाई चाहिने, छाेरीलाई पाइन्ट जिन ।।
दाैराकाे तुना छिनेकाे मेराे दश वर्ष भइसक्याे ।
ऋण लिंदा लिंदा बाजेकाे धन दश विगा गइसक्याे ।।
याे साल मैले ऋण लिने कहाँ, धिताेलाई केहि छैन ।
गरिबकाे दशा पुर्खाकाे नशा सम्झन मन छैन ।।
याे मेराे बेथा हजुरलाई केथाहा पाेखेकाे मात्रै हाे ।
थाेरैमा रमाउँ संस्कृती जाेगाउँ धराेहर हाम्रै हाे ।।
वर्तमान पछि भविष्य आउँछ, छिमेकलाई नदेखाउँ ।
घाँटीलाई हेरी हड्डिलाई निलाैं, पछि नपछुताउँ ।।
0 comments:
Post a Comment