" डर सबैलाई लाग्छ तर सफल त्यहि व्यक्ति हुन्छ जाे डरकाे बावजुद अगाडि बढ्दछ ।", "A Teacher who is attempting to teach without inspiring the pupil with a desire to learn is hammering on cold iron". -Horace Mann

ल्यापटपको सुरक्षा गर्ने महत्वपूर्ण टिप्सहरु ।

2/4 मिनेट समयलगाएर पूरा पढ्नुहोस ।

हामी सबैलाई ल्यापटप चलाउन आउँछ, त्यसलाई जोगाउनुपर्छ भन्ने पनि थाहाछ तर कहिलेकाँही सानोतिनो कुराको ख्याल नगर्दा ल्यापटपको सफ्टवेयरहरु क्र्यास हुनसक्छ, हार्ड्वेयर बिग्रनसक्छ त्यसैले निम्नकुराहरुको ख्याल गरौं र आफ्नो ल्यापटपलाई सधैं सुरक्षित र अप्टुडेट राखौं :


  1. ल्यापटपलाई उचाल्दा स्क्रिनमा समातेर न उचाल्नुहोस । किबोर्ड रहेको भागमा दुबैहातले हल्का च्यापेर उचाल्ने गर्नुहोस ।
  2. फोल्डिङ खोल्दा र बन्द गर्दा बिस्तारै गर्नुहोस हतारमा नगर्नुहोस । फोल्डिङ खोल्दा धेरै पछाडी सम्म नलैजानुहोस ।
  3. ल्यापटप खोल्दा power on button प्रेस गरेपछी ल्यापटप पूर्णतः अन भएर डेस्कटपमा रहेका सम्पुर्ण आइकन नदेखिएसम्म किबोर्डको कुनै पनि button थिच्ने चलाउने नगर्नुहोस अन्यथा मास्टरबुटसेक्टरमा असर पर्नगै OS क्र्याक हुन जान्छ ।
  4. ल्यापटप अफ गर्दा power button बाट कहिल्यै अफ नगर्नुहोस साथै ल्यापटप सटडाउन नगरी स्क्रिन फोल्डरलाई बन्द नगर्नुहोस् ।
  5. ल्यापटप सटडाउन गरिसकेपछी पनि power button मा बत्ती ननिभेसम्म ल्यापटपको स्कृन फोल्ड नगर्नुहोस। बत्ती अफ भएपछी मात्र फोल्ड्गर्नुहोस् ।
  6. ल्यापटपको ब्याट्री 20% देखि 100% भित्र राख्नुहोस । ओभर चार्ज पनि नगर्नुहोस ब्याट्री लो पनि नराख्नुहोस् ।
  7. ल्यापटपको वरिपरि पानी भरिएको भाडो (जस्तै: गिलास आदि) नराख्नुहोस । सकेसम्म चिया, पानी पिउँदै, खाना खाँदै ल्यापटप नचलाउनुहोस ।
  8. ल्यापटप माथी गरौ बस्तु (केही पनि) कहिल्यै नराख्नुहोस् ।
  9. ल्यापटप राख्दा बेट, चियर, जस्तो मानिस सजिलै बस्न मिल्ने ठाउँमा नराख्नुहोस । माथिबाट सामान झर्नसक्ने सम्भाबित ठाउहरुमा पनि नराख्नुहोस । ब्यागमा हालेर टेवल वा दराज भित्र सुरक्षित राख्नुहोस् ।
  10. ल्यापटप चलाउँदा बेटमा, सिरानि, सिरकमाथी राखेर नचलाउनुहोस् । अर्थात जहाँ राखेर ल्यापटप चलाउदा बडि हिट हुन्छ त्यस्तो ठाउँमा राखेर नचलाउनुहोस् ।
  11. ल्यापटप चलाँदा त्यसले दिने निर्देशनहरुलाई राम्ररी पढेर मात्र रेस्पोन्स गर्नुहोस्। जस्तै : install, uninstall, copy, delete, move, restore, crack, etc. के गर्दैहुनुहुन्छ त्यही बुझेर गर्नुहोस । अन्यथा महत्त्वपूर्ण फाइल delete हुनसक्छ । एउटै फाइल धेरै copy भै स्टोरेज छिटै फुल हुनसक्छ । आवस्यक सफ्टवेयर अन इन्स्टल हुनसक्छ ।
  12. चलाउँदा आफुले जानेको प्रोग्राम मात्र चलाउनुहोस् । जानेको छैन यहाँ क्लिक गरेर हेर्छु भयो भने भैहाल्यो नभए केहिछैन भन्ने सोचेर क्लिक नगर्नुहोस् । नजानेको कुरा अरुलाई सोध्ने बानी बसाल्नुहोस् ।
  13. ल्यापटपमा ईन्टरनेट चलाउनुहुन्छ भने सकेसम्म antivirus राखेर चलाउनुहोस तर वेबसाईटमा बिज्ञापन दिने जुन्सुकै antivirus इन्स्टल नगर्नुहोस् ।
  14. वेबसाईटहरु चलाउँदा अफुले चिनेको जानेको वा थाहा भएको वेबसाईट र पेज मात्र चलाउनुहोस् । जुन पायो त्यै साइडहरु नचलाउनुहोस् ।
  15. वेबपेजमा आउने बिज्ञापन जस्तै : तपाइले यो सफ्टवेयर इन्स्टल गर्नुभयो भने तपाइको ल्यापटप पहिला भन्दा फास्ट चल्छ भन्ने जस्ता कुराहरुलाई नबुझी इन्स्टल नगर्नुहोस् । यो उदाहरण मात्रै हो यस्ता आश्वासन धेरै दिन्छ । आश्वासनमा नफस्नुहोस् ।
  16. Gmail चलाउँदा आफुले चिनेको मान्छेले पठाएको mail मात्र खोल्नुहोस । नचिनेको मान्छेले पठाएको mail नखोली delete गर्नुहोस । त्यस्ता mail हरुमा virus हरु पठाएको हुन्छ ।
  17. आफ्नो ल्यापटप जो कोहिलाई चलाउन नदिनुहोस् । जोकोहिको पेनड्राइप आफ्नो ल्यापटपमा न जोड्नुहोस् ।
  18. म तपाइको ल्यापटप फास्ट बनाइदिन्छु भनेर नचिनेको वा त्यस्तै फटाहा जस्तो मान्छेलाइ चलाउन नदिनुहोस् ।
  19. ल्यापटपमा धेरै समय फिल्म हेर्ने, ग्यम खेल्ने नगर्नुहोस् ।
  20. यदि ल्यापटपमा वाएरबाट नेट चलाउदै हुनुहुन्छ भने नचलाउने बेलामा तार छुटाएर राख्नुहोस ।
  21. Laptop ओसिलो ठाउँमा वा पानीले भिजेको सतह माथि नराख्नुहोस्। कुनै पनि हालतमा पानीले ल्यापटप भिजाउनु हुँदैन। जहिले पनि ओभानो ठाउँमा राख्नुपर्छ।

😃✔👍 यो लेख कस्ताे लाग्याे तल comment box मा लेख्नुहाेस् । साथै आफ्ना साथी भाइ आफन्तहरुमा share गर्नुहोस् ।

Share

1 comment: