" डर सबैलाई लाग्छ तर सफल त्यहि व्यक्ति हुन्छ जाे डरकाे बावजुद अगाडि बढ्दछ ।", "A Teacher who is attempting to teach without inspiring the pupil with a desire to learn is hammering on cold iron". -Horace Mann

Motivational story of Math

Motivational story of Math (अङ्कहरुको कथा)

एक दिनको कुरा हो । ० देखि ९ सम्मका अङ्कहरु एउटा चउरमा बसिरहेका थिए । ९ ले ८ लाई कस्सेर गालामा एक झाप्पड हान्यो । बिचरा, ८ ले दिउँसै आकाशमा तारा देख्यो, रन्थनिएर भुँइमा ढल्यो । केही बेरमा उठ्यो र डरले काँपेको स्वोरमा भन्यो, "होइन मलाई किन हिर्काएको, मैले के गल्ती गरेको छु र ?" नौले थर्काउँदै भन्यो, "अझ बोल्छस तँ सानो अङ्क भएर ठुलासङ्ग ।, उता जा फुच्चे ।"

यसबाट ८ ले, सानालाई हेप्नुपर्छ भनेर बुझेछ क्यार । उस्ले पनि जन्मदेखिको बल निकालेर ७ लाई एक झापट लगाइ हाल्यो । सातले पनि तोरिको फुल देख्यो । डराउँदै सोध्यो, "मैले के गरें ?" ८ को जवाफ पनि ९ को जस्तै थियो, तँ सानो छस ।

एवम रितले सातले छलाई, छले पाँचलाई, पाँचले चारलाई, चारले तिनलाई, तिनले दुइलाई, दुइले एकलाई थर्काउँदै झापड लाउन थाल्यो । बिचरा एक त सबैभन्दा सानो । उसले कसलाई झापट हान्योस । रिसले चुरचुर भयो । चारैतिर हेर्यो । उसले आफू भन्दा सानो जिरोलाई देख्यो । केहिछिन त रिसले रातो पिरो भयो । तर एकैछिनमा कुल भयो । एक एक्दमै बुजाकी थियो । उ बुद्धज्ञानि थियो । उसले जिरोलाई अरुले जस्तो कुटेन हेपेन, माया गर्यो । मायालु ति हातहरुले समात्यो र आफ्नो नजिकै राख्यो ।


त्यहाँ अचम्म भयो । ठूलो परिबर्तन भयो । १ र ० मिलेर त १० भयो । अरुभन्दा ठूलो अङ्क भयो । अगिसम्म म ठूलो भनेर घमण्ड गर्ने नौ अब सानो भयो । उसले आफुले आफैंलाई धिकार्यो र गल्ती गरेकोमा माफ माग्यो । सबैले सबैसँग माफ माग्यो र एकले अर्कालाई साथ दिएमा ठुला ठुला अङ्क तथा सङ्ख्या बन्ने कुरा महसुस गर्यो ।

यो कथा कथामात्रै होइन सफलताको यात्रा सुरु गर्ने महत्वोपुर्ण सुत्र हो । हामिले देखेकाछौं, सुनेकाछौं र भोकेकाछौं । सानोलाई हेप्ने । कम्जोरलाई दबाउने । ड्राइभरले खलासिलाई हेप्छ तर त्यै खलासिको इसारामा ड्राइभिङ गरिरहेको कुरा बिर्सन्छ । हाकिमले सुइपरलाई हेप्छ । त्यै सुइपर भएन भने धुलो र मैलो अफिसमा दिन काट्नुपरेको तितो सत्य बिर्सन्छ । खोज्दै गयौं भने यस्ता धेरै उदाहरण पाउँन सकिन्छ । तर यस लेखको उद्देश्य उदाहरण खोज्नु होइन । सफलताको सुत्र खोज्नु हो । महान बन्ने यात्रा थालनी गर्नु हो । कसैले कसैलाई सानो वा कम्जोर सोचेर हेप्नु हुन्न । थाहा छ, "पेच किलाको काम बन्चरोले कदापि गर्नसक्दैन ।" सबै आआफ्नो ठाउँमा महान छन् । सबैले सबैलाई सम्मान गर्न सक्नुपर्दछ । सबैको सोच एक अङ्कको जस्तै माहान र सकारात्मक होस् ।


यो लेख कस्ताे लाग्याे तल comment box मा लेख्नुहाेस् । साथै आफ्ना साथी भाइ आफन्तहरुमा share गर्नुहोस् ।

Share

1 comment: