" डर सबैलाई लाग्छ तर सफल त्यहि व्यक्ति हुन्छ जाे डरकाे बावजुद अगाडि बढ्दछ ।", "A Teacher who is attempting to teach without inspiring the pupil with a desire to learn is hammering on cold iron". -Horace Mann

Class : 10 : Geometry

Geometry (ज्यामिति)

( Theorems, Construction, And Experimental Verification)


1. Theorems (साध्यहरु)



2. Construction (रचना)

तलदिइएको भिडियो हेरि भिडियो भन्दा मुनि दिइएको अभ्यास गर्नुहोस् ।


1. Construction (रचना) :चतुर्भुजकाे क्षेत्रफलसँग बराबर हुने त्रिभुजकाे रचाना (Construction of the triangle having equal area of the quadrilateral)

1.1 Exercise (अभ्यास) :

  1. BC=CD=5.5 से‍.मि., DA=AB=4.5 से‍.मि. र $\measuredangle$ ABC = $75^o$ भएकाे चतुर्भुज ABCD काे क्षेत्रफलसँग बराबर क्षेत्रफल हुनेगरी एउटा $\triangle$ ABE काे रचना गर्नुहाेस् ।
  2. NO=MN=4.2 से‍.मि., OP=PM=5.2 से‍.मि. र $\measuredangle$NOP = $75^o$ भएकाे चतुर्भुज MNOP काे क्षेत्रफलसँग बराबर क्षेत्रफल हुनेगरी एउटा $\triangle$ MPQ काे रचना गर्नुहाेस् ।

2. Construction (रचना) :समबाहु चतुर्भुजकाे क्षेत्रफलसँग बराबर हुने त्रिभुजकाे रचाना (Construction of the triangle having equal area of the rhombus)

2.1 Exercise (अभ्यास) :

  1. समबाहु चतुर्भुज PQRS रचना गर्नुहाेस् जसमा विकर्णा PR=7cm र विकर्णा QS=9cm छ । उक्त समबाहु समानान्तर चतुर्भुजकाे क्षेत्रफलसँग बराबर हुने गरी एउटा त्रिभुज PSA पनि रचना गर्नुहाेस् ।

3. Construction (रचना) : समानान्तर चतुर्भुजहरुकाे रचना (Construction of the parallelograms)

3.1 Exercise (अभ्यास) :

  1. एउटा समानान्तर चतुर्भुज ABCD काे रचना गर्नुहाेस् जसमा AB=5.5cm, AD=6.5cm र विकर्ण BD=7cm छ । समानान्तर चतुर्भुज ABCD काे क्षेत्रफलसँग बराबर क्षेत्रफल भएकाे अर्काे समानान्तर चतुर्भुजकाे रचना गर्नुहाेस् जसकाे एउटा काेणकाे नाप $60^o$ छ ।

4. Construction (रचना) : आयत र त्रिभुजकाे रचना (Construction of Rectangle and triangle)

4.1 Exercise (अभ्यास) :

  1. लम्बाई 7.1 cm र चाैडाइ 6.1 cm भएकाे आयतकाे क्षेत्रफलसँग बराबर हुने गरी एउटा काेण $60^o$ भएकाे त्रिभुजकाे रचना गर्नुहाेस्।


3. Experimental Verification (प्रयाेगात्मक परीक्षण)



0 comments:

Post a Comment