" डर सबैलाई लाग्छ तर सफल त्यहि व्यक्ति हुन्छ जाे डरकाे बावजुद अगाडि बढ्दछ ।", "A Teacher who is attempting to teach without inspiring the pupil with a desire to learn is hammering on cold iron". -Horace Mann

कविता

इलामकाे सम्झना!!



इलामकाे बजारैमा छुर्पि किनी खाएकाे
याद आउँछ घरी-घरी चिया बगान धाएकाे ।

इलामकाे अर्काे नजर पशुपत्ती नगर
आँखा भरी टल्पलिन्छ इलामकाे शहर ।

कति राम्राे कति सुन्दर इलामकाे प्रकृति
तिमीलाई देख्दा छैनन् वेखुशीका अतिथी ।

हृदयकी रानी तिमी नेपालकी प्रकृती
हाँसी-हाँसी स्वागत गर्छ्याै लाखाैं लाख अतिथी ।

स्याउ जस्तै गाला तिम्राे स्याउ बेच्ने नानी
मह भन्दा गुलियाे छ माइखाेलाकाे पानी

चिसाे-चिसाे हावा सँगै बादलु र कुहिराे
तिमीसँग माया लाउन लागेकाछन् धुइराे ।

बाटाे मुनी बाटाे माथी चिया बगान राम्राे
आइतबारे, बुधबारे फिक्कल बजार हाम्राे ।

(पुरानाे डायरीबाट)

Share

0 comments:

Post a Comment